अभिनेता रणवीर कपुरलाई कोरोना संक्रमण पुष्टि

मंगलबार, २५ फागुन २०७७, १२ : १७

काठमाडौं- बलिउड अभिनेता रणवीर कपुरमा कोरोना संक्रमण पुष्टि भएको छ । 

रणवीरका काका रणधीर कपूरले रणवीरलाई कोरोना संक्रमण भएको र हाल क्वारेन्टाइनमा रहेको जानकारी दिएका छन् । के रणवीर कपूर कोरोना भाइरसबाट संक्रमित भएका हुन् ?’ भन्ने प्रश्नमा रणधीरले ‘हो’ भनी जवाफ दिएका हुन् ।

रणवीरका फ्यानहरु उनको शिघ्र स्वस्थलाभको कामना गरिरहेका छन् । गत डिसेम्बरमा उनकी आमा नीतू कपूर पनि कोरोना संक्रमित भएकी थिइन् । फिल्म ‘जुग जुग जियो’को सुटिङको समयमा उनमा कोरोना संक्रमण पुष्टी भएको थियो ।
 

मंगलबार, २५ फागुन २०७७, १२ : १७

प्रतिक्रिया