काठमाडौं- अभिनेता नाजिर हुसेन नयाँ फिल्ममा आबद्ध भएका छन् । निर्देशक दिवाकर भट्टराईको निर्माण र निर्देशनमा बन्न लागेको लभस्टोरी फिल्म ‘तिमीसँगै हुने मन छ’ मा उनी अनुबन्ध भएका हुन् । केही दिनअघि निर्माण टिमले उनीसँग कागजी सम्झौता गरेको हो । फिल्ममा नाजिरको भूमिका सशक्त रहेको निर्देशक भट्टराईले जानकारी दिए ।
चैत दोस्रो साताबाट छायांकन सुरु हुने ‘तिमीसँगै हुने मन छ’ मा नाजिरसँँगै मुम्बईका रोहित सुचान्ती र नायिका दीपिका प्रसाईंको पनि मुख्य भूमिका रहनेछ । रोहितले ‘तुने प्यार क्या किया, रिश्ता लिखंगे हम नयाँ’ लगायतका टेलिसिरियलमा अभिनयसँगै रियालिटी शो ‘बिग बोस १२’ मा समेत भाग लिएका थिए । उनी फिल्मको छायांकनका लागि केही दिनमा नेपाल ओर्लिदैछन् ।
२१ वर्षिय रोहितसँग सम्झौता गर्न निर्देशक भट्टराई दुई महिना अगाडि मुम्बई पुगेका थिए । फिल्ममा नायकसँगै प्राविधिक टिम पनि भारतकै हुनेछन् ।
प्रतिक्रिया