काठमाडौं – पछिल्लो ४ बर्षको अवधीमा नेपालमा चीनदेखि ३ हजार ३१८ जना चिनियाँ कामदार नेपाल आएका छन् । सन् २०१७ यता सो बराबरका नयाँ चिनियाँ कामदार रोजगारीका लागि नेपाल आएका हुन् ।
श्रम बिभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । त्यसमा ३ हजार १३० जना पुरुष कामदार रहेका छन् भने महिला कामदारको संख्या १८८ रहेको छ ।
समग्रमा २०१७ यतादेखि नेपालमा ४ हजार ४१३ जना विदेशी कामदार आएका छन् । त्यसमा चिनियाँ कामदारको हिस्सा बढी छ ।
बिशेषगरि नेपालको जलविद्युत क्षेत्रमा चिनियाँ कामदारको हिस्सा बढी छ । जलविद्युत सम्बन्धी प्राविधिक जनशक्ति चिनमा नै रहेका छन् । त्यसमाथि नेपालको जलविद्युतमा चीनको पनि लगानी छ । त्यसपछि चिनियाँ कम्पनीले पनि आफ्नो देशको कामदार यहाँ ल्याउने गरेका छन् ।
प्रतिक्रिया