काठमाडौं- अभिनेता नाजिर हुसेन र अभिनेत्री केकी अधिकारीको मुख्य भूमीका रहेको फिल्म ‘राज्जा रानी’ ले भारतमा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ ।
मुख्यत तराई क्षेत्रमारहेको दाइजो प्रथाको विषयवस्तु समेटेर बनाईएको मैथिली फिल्म ‘राज्जा रानी’ ले अन्तर्राष्ट्रिय अवार्ड जितेको हो ।
यस फिल्मले साइनसिने फिल्म फेस्टिभलमा महत्त्वपूर्ण दुई विधामा अन्तर्राष्ट्रिय अवार्ड पाएको छ ।
यस फिल्मलाई भारत, बिहारको मुजफरपुरमा भएको फेस्टिभलमा उत्कृष्ट रिजनल फिचर फिल्म र उत्कृष्ट खलपात्रको विधामा अवार्ड दिइएको हो । उक्त अवार्ड निर्माता राज कुमार महतोलाई हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया