काठमाडौं, अभिनेता प्रदीप खड्का आज (बुधवार) बाट २९ वर्षमा प्रवेश गरेका छन् । ललितपुरको कुसुन्तीमा सन् १९९२ (२०४८) मार्च १० मा माता सारदा खड्का र पिता टेक बहादुर खड्काको कोखबाट जन्मिएका उनी नेपाली फिल्म क्षेत्रका पढेलेखेका कलाकारमध्ये एक मानिन्छन् । उनले सिक्किम मनिपाल युनिभर्सिटिबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध फाउन्डेसनबाट सन् २०१७ मा मार्केटिङमा मास्टर्स गरेका थिए ।
‘प्रेमगीत’ पछि यसकै दोस्रो सिरिजमा काम गरेका उनले ‘लिलिबिली, रोज, लभ स्टेशन’ फिल्ममा पनि अभिनय गरिसकेका छन् । उनी अभिनीत ‘प्रेमगीत ३’ प्रदर्शनका पखाईमा छ भने चाँडै फिल्म ‘प्रकाश’ को छायांकनमा व्यस्त हुँदैछन् । उनले ‘हुतुतु’ र हेमराज विसीको फिल्म पनि साइन गरेर बसेका छन् । केही वर्षयता उनलाई फिल्ममा लिन निर्माताबीच हानाथाप हुने गरेको छ ।
प्रतिक्रिया