अप्रिल २ मा किन प्रदर्शन नहुने भयो अक्षयको ‘सूर्यवंशी’ ?

विहीबार, २७ फागुन २०७७, १० : ०९

एजेन्सी - बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ को प्रदर्शन मिति सरेको छ । आगामी अप्रिल २ बाट रिलिज हुने पक्का भएको फिल्म अप्रिल उक्त मितिमा प्रदर्शन नहुने भएको हो ।

निकै महँगो बजेटमा निर्माण भएको फिल्ममा दर्शक नआउने डरका कारण फिल्म तत्काल रिलिज नगर्ने भएका हुन् । 

रोहित सेट्टीको निर्देशनमा बनेको यो फिल्ममा अक्षय कुमार र कट्रिना कैफ मुख्य भूमिकामा रहेको छ । 

यस फिल्मको तत्काल रिलिज नगर्ने पक्षमा अक्षय र रोहित सेट्टी रहेको भारतीय मिडियाले जनाएका छन् । 

विहीबार, २७ फागुन २०७७, १० : ०९

प्रतिक्रिया