काठमाडौं - चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो कामका कारण जति नै लोकप्रिय छिन् सामाजिक सञ्जालमा पनि त्यति नै लोकप्रिय छिन् ।
उनी सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा बढी फ्यान फलोइङ हुने अभिनेत्रीमा पर्छिन् ।
उनलाई इन्स्टाग्राममा ६ करोड बढिले फलो गरेका छन् । उनी अन्य भारतीय सेलिब्रेटीभन्दा फ्यान फलोअर्सको आधारमा अग्रस्थानमा छिन् ।
सन् २००३ मा फिल्म द हिरोमार्फत बलिउड डेब्यु गरेकी प्रियंका हलिउडमा समेत प्रख्यात छिन् ।
प्रतिक्रिया