काठमाडौँ -अभिनेत्री मनीषा कोइरालाको स्वरमा महामृत्युन्जय मन्त्र सार्वजनिक भएको छ।
महाशिवरात्रिको अवसर पारेर कोइरालाको स्वरमा रहेको महामृत्युन्जय मन्त्र बिहीबार भिडियो सहित सार्वजनिक भएको छ ।
यस मन्त्र गायनमा मनीषाबाहेक सुरसुधाकै गायिका सरस्वती खत्री र स्वयं सुरेन्द्र श्रेष्ठको पनि स्वर समेटिएको छ।
यस बीचमा आफूले महामृत्युन्जयको मन्त्रलाई संगीतबद्ध गरेर तयार पारेको जानकारी सुरेन्द्रले दिए।
प्रतिक्रिया