नवलपुर- महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको देवचुली नगरपालिकामा सिलाइकटाइ तालिम प्रदान गरिएको छ । देवचुली–५ को आयोजना तथा भूमिका टेक्निकल सर्भिस प्रालिको प्राविधिक सहयोगमा सो तालिम आयोजना गरिएको हो ।
देवचुली–५ का वडाध्यक्ष शिवलाल सापकोटाले महिलाको आयआर्जन वृद्धि गर्दै उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए । पैँतालीस दिन सञ्चालन गरिएको तालिमका सहभागी महिलालाई विभिन्न १६ प्रकारका सिलाइकटाइका सीप सिकाइएको छ ।
वडाध्यक्ष सापकोटाले तालिममा सहभागी महिलालाई आफूले सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार हुन आग्रह गरे । तालिम समापनका अवसरमा प्रबन्धक विवेक अधिकारीले तालिममा सहभागी महिलाले अनुशासित हुँदै ज्ञान आर्जनका लागि मेहनत गरेको बताए ।
प्रतिक्रिया