फिल्म ‘मारुनी’ युट्युवमा सार्वजनिक

शुक्रबार, २८ फागुन २०७७, ११ : ३०

काठमाडौं - अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह  र अभिनेता पुष्प खड्का अभिनित फिल्म ‘मारुनी’ युट्युवमा सार्वजनिक भएको छ । महाशिवरात्रिको अवसर पारेर  फिल्म युट्युब मार्फत सार्वजनिक गरेको हो । 

नवल नेपालको निर्देशन रहेको फिल्ममा  त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको हो ।

साम्राज्ञी र पुष्पको अलवा रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रीलगायतको अभिनय रहेको फिल्मको निर्माता पुनम गौतम हुन् ।

पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्ममा दीपक बज्राचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत, संजय लामाको छायाँकन, गोविन्द फुयाल र नवल नेपालको लेखन र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

शुक्रबार, २८ फागुन २०७७, ११ : ३०

प्रतिक्रिया