अमेरिकन आइडल फस्ट रनर अप दिवेशले ल्याए ‘कागबेनी’ (भिडियोसहित)

शनिबार, २९ फागुन २०७७, १२ : ४६

काठमाडौं - अमेरिकन आइडलबाट बाट चर्चा कमाउन सफल भएका 'अमेरिकन आइडल फस्ट रनरअप' दिवेश पोखरेल (अर्थर गन) को नयाँ नेपाली गीत सार्वजनिक भएको छ ।

पोखरेलको  ‘कागबेनी' बोलको नयाँ गीत सार्वजनिक भएको हो । गीतलाई पोखरेलले आफ्नो आधिकारिक युट्युव च्यानलमार्फत सार्वजनिक गरेका छन् । 

गीतको म्युजिक भिडियोमा गायक पोखरेललाई नै देख्न सकिन्छ भने, भिडियोलाई लश मन्दुले निर्देशन गरेका छन् ।

भिडिओलाई दिवश गुरुडले निर्माण गरेका हुन् । ‘कागबेनी’ गीत दिवेशको नयाँ सार्वजनिक हुन लागेको एल्बम ‘खोज’मा समावेश गरिएको गीत हो । 

‘खोज’ एल्बम यही मार्च २२ मा सार्वजनिक हुँदैछ ।

शनिबार, २९ फागुन २०७७, १२ : ४६

प्रतिक्रिया