काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टलाई अब सिताको भूमिकामा देख्न सकिने भएको छ । उनले बहुप्रतीक्षित बलिउड चलचित्र आरआरआरमा सीताको भूमिका निभाउने भएकी हुन् ।
लामो समयको रस्साकस्सीपछि निर्माण टिमले आलियालाई टिममा समावेश गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
बाहुबली २ का निर्देशन गरेका चर्चित फिल्म निर्देशक एसएस राजामौलीले यस चलचित्र निर्माण गर्न लागेका हुन् ।
चलचित्रमा रामको लुक यसअघि नै सार्वजनिक गरिएको भएपनि सीताको लुक्स सार्वजनिक भएको थिएन ।
निर्माताले आलियाको फ्रस्ट लुक सोमवार सार्वजनिक गर्दैछ ।
प्रतिक्रिया