कतारले माग्यो भारी सङ्ख्यामा नेपाली पुरुष महिला कामदार, तलब कति ?

सोमबार, ०२ चैत्र २०७७, ११ : ०१

काठमाडौं - कतारको दोहा शहरमा रहेको चाइना रेलवाइ एटीनस् बुरेउ ग्रुप कम्पनी र बुन्जर इभेन्टस् कम्पनीले भारी सङ्ख्यामा नेपाली महिला पुरुष कामदारको माग गरेको छ ।  

कम्पनीले कार्पेन्टरमा ५० जना पुरुष, मसोनमा ५० जना पुरुष प्लम्बरमा २० जना परुष र ग्राउन्ड स्टेवार्डमा ५ जना महिला गरि जम्मा १२५ जना नेपाली कामदारको माग गरेको हो । 

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित ३८ हजार बढि पाउनेछन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । 

करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले मोविरा रिक्युटमेन्ट कन्सलटेन्सी सर्भिस प्रा ली बुढानिलकण्ठ ६ हात्तिगौडा चक्रपथ काठमाडौंमा चैत्र ९ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च,  स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

सोमबार, ०२ चैत्र २०७७, ११ : ०१

प्रतिक्रिया