अभिनेत्री केकी फिल्मका लागि गरिन् कपाल मुण्डन !

सोमबार, ०२ चैत्र २०७७, १२ : ५८

काठमाडौं- अभिनेत्री केकी अधिकारीले फिल्म ‘बोक्सीको घर’ का लागि कपाल मुण्डन गरेकी छन् । 
 
उनले कपाल मुण्डन गरेपछि ऐनाको अगाडि खिचेका तस्विरहरु इन्स्टाग्राम स्टोरीमा राखेकी छन् । उनको यो लुक्सले धेरैलाई आकर्षित गरेको छ । पहिलो पटक फिल्मका लागि आफ्नो कपाल त्याग गरेकी उनले फिल्मको कथाले मागेका कारण केश मुण्डन गरेको बताएकी छन् । कपाल नै मुण्डन गर्न तयार हुनुले उनी यो फिल्मको चरित्रमा कुन हदसम्म डुबेकी छन् भन्ने प्रस्ट्याउँछ । 
 
‘बोक्सीको घर’ नाटकमाथि आधारित भएर निर्माण भइरहेको फिल्ममा केकीसँगै अभिनेता गौरव पहारीको पनि अभिनय रहेको छ । सुलक्षण भारतीको निर्देशनमा बनिरहेको फिल्ममा केकीका पिता बद्री अधिकारी निर्माता र निर्देशक विशाल भण्डारी कार्यकारी निर्माताको रुपमा छन् । फिल्मका लागि केकीले कपाल मुण्डन गरेपछि दर्शकहरुको ‘बोक्सीको घर’ प्रति कौतुहता जागेको छ । 

सोमबार, ०२ चैत्र २०७७, १२ : ५८

प्रतिक्रिया