दुबईले माग्यो २५० नेपाली पुरुष महिला कामदार, तलब कति ?

सोमबार, ०२ चैत्र २०७७, १४ : ३०

काठमाडौं - दुबईको अबु धाबी शहरमा रहेको मरिना फ्याकिलिटिज मेनेजमेन्ट कम्पनीले भारी सङ्ख्यामा नेपाली पुरुष महिला कामदारको माग गरेको छ । कम्पनीले क्लिनर्सका लागि २०० पुरुष र ५० महिला गरि जम्मा २५० नेपाली पुरुष महिला कामदारको माग गरेको हो । 

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित नेपाली रुपैयाँ २५ हजार माथि देखि २८ हजार माथि पाउनेछन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । 

करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले नोभा इन्टरनेशनल प्रा ली गौरीगाउँ सिनामंगल काठमाडौंमा चैत्र ९ गते देखि १८ गते सम्म अन्तरवार्ता दिनुपर्ने छ ।  

स्वदेशमा हुने मेडिकलको खर्च,  स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

सोमबार, ०२ चैत्र २०७७, १४ : ३०

प्रतिक्रिया