काठमाडौं - इजरायल श्रमिक पठाउने सम्बन्धमा कार्यविधि यसै महिनामा तयार हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि तयार भइसक्नासाथ आवेदनका लागि आह्वान गरिने जनाएको छ ।
अन्य सबै कामहरु सकिएको तर कार्यविधिअन्तर्गत कसरी युवा पठाउने, कसरी अन्तर्वार्ता लिने, समग्रमा युवा छान्नको लागि कस्ता नियमहरु अपनाउने लगायतका विषयमा निर्णय हुन बाँकी रहेको बताइएको छ ।
इजरायलमा रोजगारीका लागि नेपाली कामदार पठाउने सम्बन्धी सम्झौता गत असोजमा भएपनि प्रोटोकलमा भने गत माघमा हस्ताक्षर भएको थियो ।
इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नसिंग होम, डे केयर सेन्टरहरु) मा नेपालबाट सहायक कामदारहरु पठाउने सम्बन्धि कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएको थियो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि इजरायली राजदूत हनान गोडेर र बैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सम्झौतामा गत माघ ८ गते हस्ताक्षर गरेका थिए ।
नेपाली श्रमिक सरकारी सयन्त्रमार्फत अर्थात् जीटुजीमार्फत इजरायल रोजगारीमा पठाउने गरी हस्ताक्षर भएको छ ।
प्रतिक्रिया