काठमाडौं- साउदी अरबको एक कम्पनीले कामदारको माग गरेको छ । साउदी अरबको इष्ट वोय्स हाइपर मार्केट ( East West Hyper Market )नामक एक कम्पनीले २६ जना नेपाली कामदारको माग गरेको छ ।
कम्पनीका अनुसार कामदार योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित नेपाली रुपैयाँ ३० हजार ९७० तलब रहेको छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ ।
करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले नोभा इन्टरनेशनल प्रा ली गौरीगाउँ सिनामंगल काठमाडौंमा चैत्र ९ गते अन्तरवार्ता दिनुपर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।
त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया