‘लाल सिंह चड्ढा’ बाट बलिउड फिल्म डेब्यू गर्दै  नागा चैतन्य

सोमबार, ०२ चैत्र २०७७, १७ : ५४

काठमाडौं- बलिउड सुपरस्टार आमिर खान स्टारर फिल्म ‘लाल सिंह चड्ढा’ मा अब विजय सेतुपतिको ठाउँमा निर्माण टिमले तेलुगू स्टार नागा चैतन्यलाई साइन गरेको छ । फिल्ममा उनले आमिर खानको साथीको भूमिका निर्वाह गर्नेछन् । यो नै उनको बलिउड डेब्यू फिल्म हुनेछ । नागाले बलिउडको मेगा प्रोजेक्टको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले आउँदोे मे महिनाबाट फिल्मको छायांकन सुरु गर्ने भारतीय मिडियाले बताएका छन् । 
 
नागा चैतन्य साउथ सुपरस्टार नागार्जुनका छोरा हुन् । तेलुगु फिल्मकी नम्बर वान अभिनेत्री मानिने सामन्था अक्किनेनीका श्रीमान समेत रहेका उनको तेलुगू फिल्म इन्डस्ट्रीमा निकै राम्रो फ्यान फलोइंग छ । ‘लाल सिंह चड्ढा’ मा उनको प्रवेशले दक्षित भारतमा फिल्मले लोकप्रियता हासिल गर्ने विश्वास लिइएको छ । फिल्ममा आमिरको अपोजिटमा अभिनेत्री करीना कपूर खान छिन् ।

सोमबार, ०२ चैत्र २०७७, १७ : ५४

प्रतिक्रिया