काठमाडौं - बहराइनको मनमा शहरमा रहेको अल मारोम कन्सन्ट्रेसन एण्ड ट्रेन्डिङ कम्पनीले नेपाली पुरुष कामदारको माग गरेको छ । कम्पनीले इलेक्ट्रिसियनमा ५ जना, प्लम्बरमा ५ जना र हेल्फरमा ५ जना गरी जम्मा १५ नेपाली पुरुष कामदारको माग गरेको हो ।
योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित ४६ हजार बढि पाउनेछन् । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ ।
करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले ड्रिम रिक्रुटिङ सर्भिस प्रा ली शान्तिनगर १३ काठमाडौंमा चैत्र ९ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।
त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया