काठमाडौं, युरोपको रोमानियमा एक कम्पनीले भारी संख्यामा कामदारको माग गरेको छ । युरोपको रोमानिया स्थित जोड्न रिभर रिक्युटमेट एस.आर.एल ( Jordon River Recruitment SRL) नामक एक कम्पनीले १ सय जना पुरुष र १० जना महिला गरी १ सय १० जना कामदारको माग गरेको हो ।
कम्पनीका अनुसार कामदार सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्ने सुविधा सहित ६३ हजार २९९ देखि ७८ हजार ८०८ सम्म रहेको छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ ।
करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले टाइमस् म्यानेजमेट सिस्ट्म प्रा ली गंगबु ९ टोखा काठमाडौंमा चैत्र १० गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने बिमा खर्च कामदार आफैले बेहोर्नु पर्ने छ ।
त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, भिसा स्ट्याम्पीङ शुल्क र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया