बहराइनको २ कम्पनीमा ३३० नेपाली परुष महिला कामदारको माग, तलब कति ?

बुधबार, ०४ चैत्र २०७७, ११ : २९

काठमाडौं - बहराइनको बहराइन सहरमा रहेको ड्रिम प्रोपर्टी डेभलपमेन्ट कम्पनी र अल मनरत्ताइन कम्पनीका लागी भारी सङ्ख्यामा नेपाली पुरुष महिला कामदारको माग गरिएको छ । 

ड्रिम प्रोपर्टी डेभलपमेन्ट कम्पनीका लागि सुपरभाइजर ५ जना र माइनटेन्नसी क्लीर्लकका लागी १९५ गरी जम्मा २०० जना पुरुष कामदारको माग गरिएको छ । त्यस्तै अल मनरत्ताइन कम्पनीका लागी पेन्टर, अफिस स्टाफ, गार्डेनर, इन्जिनियर, क्लिनर हेल्पर लगायतका झण्डै दुई दर्जन विधामा १२८ पुरुष कामदारको माग गरेको छ । 

त्यस्तै उक्त कम्पनीकै लागि क्लिनर हेल्परका लागि २ जना महिला गरि जम्मा ३३० नेपाली पुरुष महिला कामदारको माग गरिएको हो । 

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित ३०  हजार माथि देखि ९२ हजार माथि सम्म पाउनेछन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । 

करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले  नाइस रिक्रुटिङ एजेन्सी प्रालि सामाखुसी काठमाडौंमा चैत्र ११ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

बुधबार, ०४ चैत्र २०७७, ११ : २९

प्रतिक्रिया