काठमाडौं – चालु आर्थिक वर्षको ७ महिना सम्ममा वैदेशिक रोजगारीका लागि ९० हजार बढि नेपाली नेपालबाट विभिन्न देश गएका छन् । नेपाल राष्ट्र बैंकको माघ महिना सम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ महिना सम्ममा वैदेशिक रोजगारीका लागि ३९ हजार ८०३ नेपाली विभिन्न देश गएका छन् । त्यस्तै भिसा रिन्यु गरि विदेश जानेको संख्या ५० हजार ४५० रहेको छ । यो सँगै नेपालबाट वैदेशिक रोजगारीका लागी विभिन्न देश जानेको संख्या ९० हजार २५३ रहेको तथ्याङ्कले देखाएको छ ।
गत आर्थिक वर्षको माघ महिना सम्ममा नेपालबाट नयाँ भिसा मार्फत वैदेशिक रोजगारीका लागि १ लाख ५४ हजार ८१७ नेपाली विदेशिएका थिए । गत वर्षको माघ महिना सम्मको तुलनामा यो वर्ष वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या ६७.४ प्रतिशतले घटेको हो ।
गत वर्षको तुलनामा विदेश जानेको संख्या घटे पनि कोरोना महामारीको बिच नै वैदेशिक रोजगारीका लागि विभिन्न देश जानेको संख्या भने यो धरै नै रहेको छ ।
कोरोना महामारीको समयमा विशेषबाट नेपाल फर्किएका नेपाली साथै नेपालमै रहेका बेरोजगार युवाहरूका लागि सरकारले विभिन्न रोजगारका माध्यमहरू ल्याउने भनेता पनि उक्त कार्य पुरा गर्न नसकेका कारण वैदेशिक रोजगारीका लागि कोरोना महामारीको समयमै पनि विदेश जानेको संख्या धेरै भएको हो ।
जसमा सबभन्दा धेरै नेपालबाट वैदेशिक रोजगारीका लागि १२ हजार ७६२ नेपाली दुबाई गएका छन् । त्यस्तै ५ हजार ४८३ कतार २ हजार ७४४ मलेसिया, १ हजार ४३७ साउदी र १ हजार १२ जना कुवेत गएका छन् ।
यो सँगै वैदेशिक रोजगारीका लागिनै बहराइन, माल्दिभ्स, जोर्डन, ओमन, अफगानिस्थान, जापान, साइप्रस, टर्की, पोल्याण्ड, माल्टा, इजरायल, दक्षिण कोरिया, लेबनान लगायत अन्य देशहरूमा नेपालीहरू गएका गाएका छन् ।
त्यस्तै आर्थिक वर्षको माघ महिना सम्म भिसा रिन्यु गरि ५० हजार ४५० नेपाली वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । गत वर्षको तुलनामा यो वर्ष भिसा रिन्यु गरेर विदेश जाने नेपालीको संख्या ६७.४ प्रतिशतले घटेको छ । गत वर्ष १ लाद ५४ हजार ८१७ नेपाली विदेश गएका थिए ।
जसमा सबभन्दा धेरै भिसा रिन्यु गरेर १७ हजार १०८ नेपाली कतार गएका छन् । त्यस्तै १४ हजार ९६४ दुबाई, ११ हजार ६३१ साउदी, २ हजार ७३ मलेसिया र १ हजार २७९ कुवेत गएका छन् । यो सँगै २० वटा भन्दा धेरै देश वैदेशिक रोजगारका लागि भिसा रिन्यु गरेर नेपाली विदेश गएको तथ्याङ्कमा देखाइएको छ ।
प्रतिक्रिया