काठमाडौं - साइप्रसको लार्नाका सहरमा रहेको अर्थोडक्सौ इमप्लोमेन्ट ब्यूरो कम्पनीले नेपाली पुरुष महिला कामदारको माग गरेको छ ।
कम्पनीले एग्रिकल्चरल, वर्कर र लेबरका लागि ५ जना परुष र १० जना महिला डेमस्ट्रीक वर्करका लागि ५ जना महिला गरि जम्मा २० जना पुरुष महिला कामदारको माग गरेको हो ।
योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित ४३ हजार माथि देखि ६२ हजार माथि पाउने छन् । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ ।
करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले रोयल इनटरनेशनल ओभरसिज प्रालि सामाखुसी काठमाडौंमा चैत्र ११ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।
त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया