काठमाडौं - उत्तम प्रधानले निर्देशन गर्ने फिल्म ‘दर्पण छायापछि’मा निरुता सिंहले अभिनय गर्ने भएकी छन् ।
फिल्ममा उत्तम, निरुताको अलवा दीलिप रायमाझीको पनि मुख्य भूमिका रहनेछ । फिल्मको कथा उत्तमले नै तयार पारेका हुन् । सुपरहिट फिल्म ‘दर्पण छायाँ’ सकिएको कथादेखि नै सुरु हुने फिल्म उत्तम र निरुताले मिलेर निर्माण गर्न लागेका हुन् ।
पछिल्लो समय मुम्बई बस्दै आएकी अभिनेत्री निरुता सिंह अहिले नेपालमा छिन् । केही दिनअगाडि आयोजना भएको १० औं नेफ्टा अवार्डमा सहभागी हुन नेपाल आएकी उनी अहिले फिल्म ‘दर्पणछाँया पछि’ अभिनय तयारीमा लागेकि हुन् ।
एक समय हिट फिल्म दिएकी निरुता १२ वर्षपछि ‘नाईं नभन्नू ल ५’ बाट अभिनयमा फर्किएकी थिइन् । त्यसपछि ‘दाल भात तरकारी’ अभिनय गरेकी उनले ‘दर्पण छायाँपछि’ फिल्म अभिनयमा आफ्नो वास्तविक कम ब्याक हुने बताउँदै आएकी छिन् ।
प्रतिक्रिया