आखिर कति छ त बलिउड अभिनेत्री आलियाको सम्पत्ति ?

बुधबार, ०४ चैत्र २०७७, १६ : ०१

फिल्म ‘सघर्ष’बाट बलिउड प्रवेश गरेकी आलियाले २०१२ मा फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मा अभिनय गरेकी थिइन् ।

उनले अभिनय गरेको फिल्म हाइवे, हम्प्टी शर्माको दुल्हनिया, उड्ता पन्जाब, डियर जिन्दगी, बद्रीनाथकी दुल्हनिया, राजी लगायत हिट फिल्म रहेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार आलियाले १० मिलियन डलर अर्थात ७४ करोड रुपैयाँ बराबरको सम्पत्ति कमाएकी छन् ।

उनको ५४ करोड रुपैयाँ बराबरको ४ घर निर्माण गरेको कुरा बाहिरिएको छ । समाचार अनुसार आलियाले १ वर्ष अगाडी बान्द्रास्थित पालीहिलमा एक अर्पाटमेन्ट समेत खरिद गरेकी छन् भने उनको आलिसन भवन ३२ करोड रुपैयाँमा खरिद गरेकी हुन् ।

आलियाले ब्राण्ड एंडोर्समेंटबाट वर्षमा ३.६ करोड रुपैयाँ कमाइ गर्छिन । त्यस्तै उनीसँग ब्लैक आँडी ए सिक्स, आँडी क्यु फाइभ, बिएमडब्लु सेभेन सिरिज रहेका छन् ।

बुधबार, ०४ चैत्र २०७७, १६ : ०१

प्रतिक्रिया