वैदेशिक रोजगारको अवसर : आकर्षक तलबसहित कतारमा भारी संख्यामा पुरुष कामदारको माग

बुधबार, ०४ चैत्र २०७७, १७ : ५८

कतारको स्ट्राक सेक्युरिटी सर्भिस नामक एक कम्पनीले भारी सख्यामा पुरुष कामदारको माग  गरेको छ । कम्पनीले १ सय ७५ जना पुरुष कामदारको माग गरेको हो । 

कामदार स काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित ४७ हजार बढि पाउनेछन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । 

करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले एड्भान्स म्यानेजमेन्ट ग्रुप प्रा ली सामाकोशी २६ काठमाडौंमा चैत्र ११ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

बुधबार, ०४ चैत्र २०७७, १७ : ५८

प्रतिक्रिया