बलिउड तथा हलिउडमा चर्चित अभिनेत्री प्रियंकाको कति छ सम्पत्ति ?

बुधबार, ०४ चैत्र २०७७, १८ : १३

काठमाडौं-  बलिउड तथा हलिउडमा आफ्नो प्रतिभा देखाइ सकेकी अभिनेत्री प्रियंका चोपडा पछिल्लोपटक सबैभन्दा व्यस्त अभिनेत्री हुन् । सन् २००० मा विश्व सुन्दरीको ताज जितेकी प्रियंकाले बलिउडमा पाइला चालेदेखि सफलता मात्र हात पारेकी छिन् ।  

बलिउड अभिनेत्री प्रियंका चोपडा भारतको सबैभन्दा बढी कमाई गर्ने र लोकप्रिय सेलिब्रेटीमा पर्छिन् । उनले राष्ट्रिय फिल्म अवार्ड र पाँच फिल्मफेयर अवार्डसँगै अन्य थुप्रै अवार्डहरु प्राप्त गरेकी छिन् ।

जमशेदपुर, बिहारमा जन्मिएकी प्रियंका अहिले ३८ वर्षकी भइन् । प्रियंकालाई सन् २०१७ र २०१८ मा फोब्र्सले सबैभन्दा शक्तिशाली महिलाको सूचीमा राखिएको छ ।

प्रियंकाको कुल सम्पत्ति ५० मिलियन डलर रहेको छ ।  उनीसँग ५ करोड ६५ लाख पर्ने रोल्स रोयस घोस्टको गाडी, ४ लाख पर्ने गुलाबी रङको हार्ले डेभिडसनको बाइक र भारु १ करोड ४ लाख पर्ने पोर्श कायेनको कार छ ।

प्रियंकाले पाँच मिनेट नृत्य प्रदर्शनका लागि ४–५ करोड लिने गरेकी छिन् । उनको औसत फिल्म पारिश्रमिक १२ करोड छ । उनी प्रति ब्रान्ड समर्थनको ५ करोड लिन्छिन् । प्रियंकाको आफ्नै पर्पल पेबल पिक्चर्स नामको फिल्म निर्माण कम्पनी पनि छ ।

हलिउड गायक निक जोन्ससँग विवाह गरेपछि प्रियंका न्यू योर्कस्थित आफ्नो पतिसँग एनवाईसि भवनको भव्य अपार्टमेन्टमा बस्छिन् । उनीसँग मुम्बईमा नौ अपार्टमेन्ट र गोवामा तीनवटा बंगलाहरु छन् ।

प्रियंकाले २००३ मा रिलिज भएको फिल्म द हिरोबाट बलिउडमा डेब्यू गरेकी थिइन् । उनले बलिउडलाई बर्फी (२०१२), बाजीराव मस्तानी (२०१५), फेसन (२००८), मेरी कोम (२०१४), जय गंगाजल (२०१६) जस्ता धेरै हिट फिल्महरु दिएकी छिन् । उनले हलिउडमा फिल्म क्षेत्रमा पनि यतिकै अबल छिन् । उनले बलिउड र हलिउडमा थुप्रै फिल्महरुमा अभिनय गरेकी छिन् ।

बुधबार, ०४ चैत्र २०७७, १८ : १३

प्रतिक्रिया