लुम्बिनी जनरल इन्स्योरेन्सले माग्यो कर्मचारी, आवेदन कहिले सम्म ?

बुधबार, ०४ चैत्र २०७७, १९ : ३५

काठमाडौं - लुम्बिनी जनरल इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले रिक्त रहेको दुई पदका लागि कर्मचारी माग गरेको हो । 

कम्पनीले एक सुचना जारी डेपुटी प्रमुख कार्यकारी अधिकृत र कम्प्लायन्स अफिसरमा दरखास्त आह्वान गरेको छ ।

डेपुटी प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन दिने उम्मेदवारले मान्यताप्राप्त विश्वविद्यालयबाट एमबिए वा सो सरह उपाधि प्राप्त गरेको हुनुपर्नेछ । 

साथै व्यवस्थापकीय तहमा बसेर १० वर्ष कार्य गरेको तथा कपोरेर्ट हाउस, बैंक, फाइनान्सियल संस्थाहरुसँग राम्रो व्यक्तिगत तथा सञ्चार सम्बन्ध भएको उम्मेदवार हुनसपर्ने जनाइएको छ ।

यसैगरी कम्प्लायन्स अफिसरका लागि चार्टड अकाउन्टेन्टमा ३ वर्षको अनुभव भएको, कानुनी विषयमा ज्ञान भएको, इन्स्योरेन्स डाइरेक्टिभस् र इन्टरनल कन्ट्रोलिङ्ग सिस्टममा जानकारी भएको हुनुपर्ने सुचनामा उल्लेख गरिएको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत्र १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । आवेदक ५० वर्षभन्दा कम उमेरको हुनुपर्नेछ ।

बुधबार, ०४ चैत्र २०७७, १९ : ३५

प्रतिक्रिया