वैदेशिक रोजगारीमा जाने सोच बनाउँनु भएको छ ? साउदीको दुई कम्पनीले माग्यो आकर्षक तलबमा कामदार !

बुधबार, ०४ चैत्र २०७७, २० : २८

साउदीकोे दुई कम्पनीले नेपाली कामदारको माग गरेको छ । साउदी सहरमा रहेको अलर्बिया कन्ट्रक्सन एण्ड बिल्डिङ र अली मोहम्मद अल सेयर सङ कम्पनीमा नेपाली पुरुष कामदारको माग गरेको हो । 

अलर्बिया कन्ट्रक्सन एण्ड बिल्डीङमा ट्रक ड्राइभरका लागि १० जना र जेनेरल वर्करका लागि १० गरी जम्मा २० जना पुरुषको कामदारको माग गरेको छ । त्यस्तै  अली मोहम्मद अल सेयर सङ कम्पनीमा हेभी ड्राइभरका लागि ४ जना र लेबरका लागि ५ गरी जम्मा ९ जना गरी जम्मा २९ नेपाली पुरुष कामदारको माग गरेको छ । 

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित ३० हजार माथि देखि ५छ हजार माथि पाउने छन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । 

करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले लक्की एच आर सोलुसन प्रालि जावलाखेल ललितपुरमा चैत्र ११ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

बुधबार, ०४ चैत्र २०७७, २० : २८

प्रतिक्रिया