काठमाडौं - शून्य लागतमा जोर्डनको अम्मन सहरमा रहेको रमला फर पोजिसन अफ पर्सनल एण्ड फोरिङ लेबर रिक्रुटमेन्ट कम्पनीले नेपाली महिला कामदारको माग गरेको छ । कम्पनीले हाउसमाइन्डका लागि ५० जना नेपाली महिला कामदारको माग गरेको हो ।
कामदारले तलब खान बस्न सहित ३४ हजार बढि पाउने छन् । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
जान चाहने इच्छुक कामदारले भाषा तथा घरायसी काम सम्बन्धी अनिवार्य रुपमा १ महिना तालिम लिनु पर्ने छ । खान बस्न सहित तालिमको पनि निशुल्क व्यवस्था गरिएको छ । त्यस्तै अन्तरवार्ता माउन्टेन ग्रुप इनटरनेशनल प्रालि धापासी बसुन्धरा काठमाडौंमा चैत्र १२ गते हुने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया