साइप्रस जाने सोच बनाउँनु भएको छ ? ३ कम्पनीले माग्यो नेपाली कामदार !

विहीबार, ०५ चैत्र २०७७, ११ : ३९

काठमाडौं - साइप्रसको तीन कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । मायीअसोभा सर्भिस लिमिटेड, इ एण्ड जनरल सर्भिस लिमिटेड र अनितगोनोस थेउडुराउ कम्पनीले नेपाली पुरुष महिला कामदारको माग गरेको हो । 

मायीअसोभा सर्भिसमा डेमोस्ट्रीक वर्करका लागि २ पुरुष र १८ महिला गरि जम्मा २० जान, इ एण्ड जनरल सर्भिसमा डेमोस्ट्रीक वर्करका लागि २० जना महिला र अनितगोनोस थेउडुराउ कम्पनीमा डेमोस्ट्रीक वर्करका लागि नै २० जना महिला गरि जम्मा ६० जना पुरुष महिला कामदारको माग गरिएको छ । 

योग्यता सम्बन्धित काममा दक्ष हुनुपर्ने छ । कामदारले तलब खान बस्न सहित ४३ हजार माथि देखि ४४ हजार माथि सम्म पाउने छन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

जान चाहने इच्छुक कामदारले सुन्दर नेपाल ओभरसिज प्रा लि सिनामंगल काठमाडौंमा चैत्र १२ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

विहीबार, ०५ चैत्र २०७७, ११ : ३९

प्रतिक्रिया