होटलमा आगलागी हुँदा ५ लाखको क्षति

विहीबार, ०५ चैत्र २०७७, १२ : ०९

काठमाडौं - भीमदत्त नगरपालिका–१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । 

स्थानीयवासी लालबहादुर थापाले सञ्चालन गर्दै आउनुभएको होटलमा बालिएको अगरबत्तीबाट गएराति आगलागी भएको हो । 

आगलागीबाट होटलमा राखिएको मदिरा, पेय पदार्थ, टिभी, फ्रिज, फर्निचर, इन्भर्टरलगायत सामग्री जलेर नष्ट भएको पीडित थापाले बताए ।

राति ९ः३० बजे होटल बन्द गरेर घर हिँड्नुभएका थापालाई माथिल्लो तलामा बस्ने व्यक्तिले राति ११ बजे आगलागी भएको खबर गरेका थिए । 

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विहीबार, ०५ चैत्र २०७७, १२ : ०९

प्रतिक्रिया