कतारकाो एक कम्पनीले भारी संख्यामा माग्यो नेपाली कामदार, तलब कति ?

विहीबार, ०५ चैत्र २०७७, १८ : १२

काठमाडौं - कतारको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । इन्फ्रारोड ट्रेडिङ एण्ड कन्ट्राक्टिङ कम्पनी लिमिटेडले १२०० नेपाली कामदारको माग गरेको छ ।

कम्पनीले लेबरका लागि ८५०, मेसनका लागि २०० र कारपेन्टरका लागि १५० जना कामदारको माग गरेको हो । 

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित ३४ हजार माथि पाउने छन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । 

करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले एड्भान्स म्यानेजमेन्ट ग्रुप प्रालि सामाखुसी काठमाडौंमा चैत्र १२ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ

विहीबार, ०५ चैत्र २०७७, १८ : १२

प्रतिक्रिया