काठमाडौं - जापानको सिन्पाउ सहरमा रहेको वुडलेण्ड कोबे बिजनेस कोपेराटिभ कम्पनीले नेपाली कामदारको माग गरेको छ । कम्पनीले केयर गिभरका लागि एक जना पुरुष र तीन जना महिला गरी जम्मा ४ जना नेपाली पुरुष महिला कामदारको माग गरेको हो ।
योग्यता सम्बन्धित काममा दक्ष हुनुपर्ने छ । कामदारले खान बस्नको व्यवस्था भने आफै गर्नु पर्ने छ । तलब १ लाख ९९ हजार माथि देखि २ लाख ८ हजार माथि सम्म पाउने छन् । कामदारले हप्तामा ५ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ ।
जान चाहने इच्छुकले इम्पेरियल ओभरसिज प्रालि सिनामंगल काठमाडौंमा चैत्र १३ गते अन्तरवार्ता दिनु पर्ने छ । साथै यो सूचना प्रकाशन भएको ८ दिन भित्र मेनपावरको कार्यलयमा दरखास्त दिन सकिने पनि जनाइएको छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।
त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया