रोमानियाको एक कम्पनीले माग्यो कामदार , तलब कती ?

शुक्रबार, ०६ चैत्र २०७७, ०९ : ४५

काठमाडौं– रोमानियाको एक कम्पनीले पुरुष र महिला कामदार कामदार मागेको छ । इम्प्रोमा एस आर एल कम्पनीले पुरुष ३५ र महिला २० गरि ५५ नेपाली कामदार माग गरेको छ ।

खाने बस्ने सुविधा भएको उक्त कम्पनीले तलब नेपाली रु.५७ हजार दिने छ ।

२ वर्ष करार अवधि रहने र प्रतिदिन ८ घण्टा र हप्तामा ५ दिन काम गर्नु पर्ने कम्पनीले जनाएको छ । स्वदेशमा हुने मेडिकल, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क ,कल्याणकारी कोष , सेवाशुल्क कामदार आफैले ब्यहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, रोजगारमा हुने बिमा, हवाइ टिकट भिसा शुल्क रोजगारदाता कम्पनीले ब्यहोर्ने छ ।

अन्तरवार्ता चैत्र १३ गते हुने छ जान इच्छुक व्यक्तले एस सि सि मेनपावर कमलपोखरी काठमाण्डौमा सम्पर्क गर्न सक्नेछन् ।   
 

शुक्रबार, ०६ चैत्र २०७७, ०९ : ४५

प्रतिक्रिया