काठमाडौं - दुबईको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । दुबाई सहरमा रहेको साफरोन बुटिक होटल एलएलसी कम्पनीले २०० पुरुष र २०० महिला गरि जम्मा ४०० नेपाली पुरुष महिला कामदारको माग गरेको हो ।
जसमा वइटरका लागि ५० जना महिला, क्यम्बरमाइन्डका लागि ३० जना महिला हाउसपिकिङका लागि ४० परुष र २० महिला, बेल बोइका लागि ३० परुष, रुम अटेन्डेन्ट लागि ३० जना पुरुष, क्लियर लागि ६० पुरुष र ६५ महिला, रिसेप्सनिस्टका लागि ५ जना पुरुष र १० जना महिला, क्यासियरका लागि ५ जना पुरुष र १५ जना महिला, सेल्स असिस्टेन्टका लागि ५ जना परुष र १० जना महिला, वइटरका लागि २० जना परुष र कुकका लागि ५ जना पुरुष कामदारको माग गरेको छ ।
योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित ३१ हजार माथि देखि ५६ हजार माथि सम्म पाउने छन् । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
जान चाहने इच्छुक कामदारले सुनसरी ओभरसिज प्रा. लि. को कार्यालय सिनामंगल काठमाडौंमा चैत्र १३ र १४ गते अन्तरवार्ता दिनु पर्ने छ । त्यस्तै जनप्रिय थकाली भान्छा घर पोखरा कास्कीमा चैत्र १५ र १६ गते साथै कोहिनुर होटल बिर्तामोड झापामा चैत्र १८ गते अन्तरवार्ता हुने मेनपावर कम्पनीले जनाएको छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ
प्रतिक्रिया