एजेन्सी - बलिउड अभिनेत्री आलिया भट्टले अहिले नै आफ्ना पिता महेश भट्टले विवाह गर्न नदिने बताएकी छिन् । उनले एक अन्तरवार्तामा आफ्ना विवाह गर्ने बारे पिता मनस्थितिमा नभएको बताएकी हुन् ।
साथै पिताले आफूलाई छिट्टै टाढा बनाउन नचाहेको पनि बताएकी छिन् । उनले भनिन्, “मेरो बुबालाई मेरो धेरै नै चिन्ता छ । उहाँको चाहना त मेरो विवाह नै नहोस् भन्ने हो ।”
उनले आफ्ना पिताले विवाहको कुरा गर्दा आफूलाई बाथरुममा बन्द गर्ने धम्की दिने गरेको पनि सुनाइन् । उनले भनिन्, “विवाहको कुरा गर्दा बुबाले मलाई बाथरुममा थुनिदिने धम्की दिनुहुन्छ । तर आफ्नो नजरबाट टाढा गराउन नचाहने बताउँनुहुन्छ ।”
आलिया र रणवीर कपूरको विवाहको चर्चा पछिल्लो समय धेरै हुने गरेको छ । उनीहरूले कहिले विवाह गर्दैछन् भनेर धेरैले चासो पनि लिने गरेका छन् ।
प्रतिक्रिया