कतारको एक कम्पनीले माग्यो नेपाली कामदार, तलब कति ?

शनिबार, ०७ चैत्र २०७७, १३ : २४

काठमाडौं - कतारको दोहा सहरमा रहेको अल एड ट्रेन्डीङ कम्पनीले नेपाली कामदारको माग गरेको छ । कम्पनीले क्लर्कका लागि १ जना, कयासियरमा ४ जना र सेल्समेनमा ५ जना  गरी जम्मा १० जना पुरुष नेपाली कामदारको माग गरेको हो । 

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित ४१ हजार माथि देखि ६६ हजार माथि सम्म पाउने छन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

जान चाहने इच्छुक कामदारले डिलक्स हर सोलुसन प्रालिको कार्यालय बिजुलीबजार काठमाडौंमा चैत्र १२ गने अन्तरवार्ता दिनु पर्ने छ । साथै पोखराको जनप्रिय थकाली भान्सा घरमा पनि अन्तरवार्ता दिन सकिने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ

शनिबार, ०७ चैत्र २०७७, १३ : २४

प्रतिक्रिया