यी अभिनेत्रीले अङ्ग्रेजी बोल्दा हाँस्थ्येँ मान्छे

शनिबार, ०७ चैत्र २०७७, १४ : ३३

एजेन्सी - बलिउड अभिनेत्री र 'बिग बोस सिजन-१४' की प्रतियोगी राखी सावंतले अङ्ग्रेजी भाषाका कारण आफूलाई मानिसहरूले उडाउने गरेको बताएकी छिन् । उनले हालसालै एक अन्तर्वार्तामा यस्तो कुरा खुलासा गरेकी हुन् । 

एक समय आफूले अङ्ग्रेजी बोल्दा मानिसहरू हाँस्ने गरेको बताएकी छिन् । उनले भनिन्, एक समय थियो जब केही व्यक्ति मलाई पटक्कै मन पराउँदैनथे। उनीहरू मेरो अङ्ग्रेजीका लागि मेरो खिल्ली उडाउँथे। यद्यपि मैले उनीहरूका शब्दहरूमा ध्यान दिइन । मलाई पक्का थियो कि एक दिन मानिसहरूले मेरो प्रतिभालाई आवश्यकताको रूपमा पहिचान गर्नेछन् र मलाई आदर र प्रेम दिन्छन् 

र सोही समय आफूले नगराउने समस्याको सामनाको लागि अठोट लिएकी पनि बताएकी छिन् । राखीले अहिले आफ्ना प्रशंसकहरूबाट धेरै माया पाएकी छिन् । यसबाट आफू खुसी भएको पनि बताएकी छिन् । 

शनिबार, ०७ चैत्र २०७७, १४ : ३३

प्रतिक्रिया