अक्षयलाई १२५ करोड दिने निर्माता मुर्ख हो : के आर के

शनिबार, ०७ चैत्र २०७७, १६ : २९

एजेन्सी - फिल्म समिक्षक तथा अभिनेता के आर के खानले अभिनेता अक्षय कुमारको विरोध गरेका छन् । 

उनले शनिबार बिहान गर्दै ट्विट गर्दै अक्षय कुमारलाई प्रोड्युसरहरुले टाउकोमा टेकाएर राखेको भन्दै विरोध गरेका हुन् । 

उनले लेखेका छन्, “अक्षय कुमार हरेक महिना नयाँ फिल्ममा काम गरिरहेका छन् । हप्ताका सातै दिन २४ घण्टा सुटिगंमा व्यस्त छन् । किनकी उनलाई थाहा छ अबको २ वा ३ वर्षपछि उनी पैसा कमाउन योग्य रहँदैनन् । अक्षयका फिल्म किन्ने कोही भेटिँदैनन् । उनको सूर्यवंशी र बेलबटम जस्ता फिल्महरु रिलीज हुने छैनन् ।”

उनले निर्माताहरुलाई मुर्ख समेत भनेका छन् । उनले लेखेका छन्, “मुर्ख निर्माताहरु उनलाई १२५ करोड दिइरहेका छन् ।”

अक्षयको फिल्म सूर्यवंशी यही अप्रिल ३० मा रिलीज गरिने निर्माताहरुले बताएका छन् । भने उनका 'बेलबटम', 'रक्षाबन्धन' र 'अतरंगी' जस्ता फिल्महरु पनि २०२१ मा नै रिलीज हुने तयारीमा छन् । 

शनिबार, ०७ चैत्र २०७७, १६ : २९

प्रतिक्रिया