एजेन्सी - बलिउड सुपरस्टार अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनबीच भिडन्त हुने भएको छ । पहिलो पटक अमिताभ बच्चन र अभिषेक बच्चनको छुट्टाछुट्टै फिल्म एकैपटक रिलिज हुँने भएको हो ।
दर्शकहरुले पहिलो पटक यी बाबुछोराको व्यवसायिक टक्कर देख्न पाउने भएका छन् । अमिताभ बच्चन आफ्नो आगामी फिल्म चेहरेलाई लिएर निकै उत्साहित छन् ।
फिल्म ८ अप्रिलमा सिनेमाघरमा रिलिज हुँदैछ । फिल्ममा राम्रो स्टार कास्ट पनि राखिएको छ जसमा इमरान हाशमी, अनु कपूर लगायत छन् ।
अमिताभको यो फिल्मलाई टक्कर दिने जिम्मेवारी उनका छोरा अभिषेक बच्चनले पाएका हुन् । अभिषेकको ड्रिम फिल्म द बिग बुल ९ अप्रिलका दिन डिज्नी हटस्टारमा रिलिज हुँदैछ ।
प्रतिक्रिया