काठमाडौं - ओमनको मस्कट सहरमा रहेको ब्ल्याक बुलेट एल एल सि कम्पनीले नेपाली कामदारको माग गरेको छ ।
कम्पनीले टिन स्मिथका लागि एक जना र भेञ्चिकल पेन्टरका लागि एक जना पुरुष गरि २ जना पुरुष नेपाली कामदारको माग गरेको हो ।
योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित ५१ हजार बढि पाउने छन् । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
जान चाहने इच्छुक कामदारले ह्याप्पी इम्प्लोइमेन्ट प्रालिको कार्यालय महाराजगन्ज काठमाडौंमा चैत्र १६ गने अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।
त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ
प्रतिक्रिया