अर्बपति काइलीले चन्दा मागेपछि....

बुधबार, ११ चैत्र २०७७, ०९ : १९

एजेन्सी - अमेरिकी मोडल तथा कस्मेटिक बिजनेस ओमन अर्बपति काइली जेनर अहिले विवादमा तानिएकी छिन् । विवादमा तानिनुका कारण अहिले उनकै मेकअप आटिस्टको सर्जरी भएको छ । 

जसको लागि उनले ट्वीटमार्फत फ्यानसँग चन्दा अपिल गरेकी छन् । सोही कारणले काइली अहिले ट्रोलको शिकार समेत  भइरहेकी छन् ।

मिडिया रिपोर्टका अनुसार अर्बपति काइली जेनरले ट्वीटमा सर्जरीका लागि ६० हजार डलरको आवश्यकता भएको, ५ हजार डलर आफूले दिएको र बाँकी रकम सहयोगको अपिल गरेकी छन् । 

काइलीको यो ट्वीट पछि कयौँले उनको कुरा काट्न थालेका छन् । एकजना यूजरले उनलाई लेखका छन्, ‘एउटी अर्बपति, जो एक दिनमा साढे चार लाख डलर कमाउँछिन्, उनी आफ्नो साथीको लागि ६० हजार डलर दिन तयार छैनन् । धिक्कार छ काइली ।’

अर्को युजरले लेखका छन्– ‘काइलीको लागि सम्मान सकियो । किनभने जो सजिलै ६० हजार डलर दिन सक्छिन् ।  त्यही फ्यानसँग दान मागिरहेकी छन् ।’

काइली ग्ल्यामरस लुकका कारण सधैँ चर्चामा रहने सेलिब्रेटी हुन् ।सामाजिक सञ्जालमा पनि उनको लोभलाग्दो फ्यान ब्लोइङ छ । 
काइली अहिले फेरि चर्चामा आएकी हुन् । 

बुधबार, ११ चैत्र २०७७, ०९ : १९

प्रतिक्रिया