शाहरुखको पारिश्रमिक सय करोड

बुधबार, ११ चैत्र २०७७, १९ : २३

बलिउड अभिनेता शाहरुख खान यतिखेर 'पठान' फिल्मको सुटिङ्मा ब्यस्त रहेका छन् । शिद्धार्थ आनन्दको निर्देशनमा बन्दै गरेको फिल्मले घोषणा देखिनै चर्चा कमाउदै आएको छ । 

पछिल्लो समय अभिनेता शाहरुख खानले 'पठान' फिल्ममा लिएको पारिश्रमिकलाई लिएर चर्चा बढेको छ । 
भारतिय संञ्चारमाध्यमका अनुसार शाहरुखले 'पठान'का लागी १ सय करोड भारतिय रुपैँया पारिश्रमिक लिएका छन् । सुचनालाई मान्ने हो भने शाहरुख बलिउडमा सर्वाधिक पारिश्रमिक लिने अभिनेतामा परेका छन् यद्यपी उनका समकक्षी अभिनेताले ३० देखि ४० करोड सम्म  लिने गरेका छन् । 

फिल्म ‘पठान’मा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम र डिम्पल कपाडियाको अभिनय छ । फिल्ममा अभिनेता सलमान खानको पनि विशेष केमियो रहनेछ । 

फिल्म २०२२मा रिलिज हुनेछ ।

बुधबार, ११ चैत्र २०७७, १९ : २३

प्रतिक्रिया