पल र मलिकाको ‘टाढा भएपनि’ को अर्को नयाँ रेकर्ड !

विहीबार, १२ चैत्र २०७७, ११ : २०

काठमाडौ- अभिनेता पल शाह र मलिका महतको  ‘टाढा भएपनि’ले युटुबमा  अर्को नयाँ रेकर्ड राखेको छ । यो गीतले युटुबमा सार्वजनिक भएको ३८ दिनमा नै २ करोड भ्यूज प्राप्त गर्दै अर्को नयाँ रेकर्ड राख्न सफल भएको छ । 

गीत अस्मिता अधिकारीको स्वर, उर्गेन दोङको शब्द तथा संगीतमा तयार भएको यो गीतलाई युटुबमा ३८ दिनमा नै २ करोड पटक हेरिएको छ ।

सवैभन्दा कम दिनमै २ करोड भ्यूज बटुल्ने गीतको रुपमा ‘टाढा भएपनि’ पर्न सफल भएको छ । यो गीतको भिडियोमा नायक पल शाह र नायिका मलिका महत्तले अभिनय गरेका छन् । यो जोडीलाई दर्शकले रुचाएका छन् ।

यो गीतले  सर्वाजनिक भएको २४ घण्टामा ९ लाख ७२ हजार भ्यूज कमाउँदै एक दिनमा सबैभन्दा धेरै पटक हेरिएको गीतको रेकर्ड पनि राखेको थियो ।

यस अघि यस केन्द्र मोसन कै फुल बुट्टे सारी ३९ दिनमा २ करोड भ्यूज प्राप्त गर्न सफल भएको थियो।

विहीबार, १२ चैत्र २०७७, ११ : २०

प्रतिक्रिया