साउदीको २ कम्पनीमा भारी सङ्ख्यामा नेपाली कामदारको माग, तलब कति ?

विहीबार, १२ चैत्र २०७७, १२ : ०९

काठमाडौं - साउदीको दुई कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । साउदीको के एस ए सहरमा रहेको साउदी इनभाइरोन्मेन्ट प्रिभेन्सन कम्पनीमा १०० जना र रियाध सहरमा रहेको साको प्लाम कम्पनीमा ११ जना गरी जम्मा १११ नेपाली पुरुष कामदारको माग गरेको हो । 

कम्पनीले नर्मल फेक्टर र जनरल लेवरका लागि नेपाली कामदारको माग गरिएको छ । योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित ३०  हजार माथि देखि ३३ हजार माथि सम्म पाउने छन् । 

कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

जान चाहने इच्छुक कामदारले गौरी शंकर ओभरसिज प्रालिको कार्यालय चण्डोला ४ काठमाडौंमा चैत्र १५ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

विहीबार, १२ चैत्र २०७७, १२ : ०९

प्रतिक्रिया