किसानलाई अनुदानमा हाते ट्र्याक्टर !

विहीबार, १२ चैत्र २०७७, १४ : ०६

लमजुङको दूधपोखरी गाउँपालिकाले ५६ जना किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । कृषिमा आधुनिकिकरण गरी उत्पादन वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा ५६ जना किसानलाई खेतबारी जोत्ने ट्र्याक्टर वितरण गरेको जनाएको छ । 

गाउँपालिकाले किसानको माग अनुसार ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको दूधपोखरी गाउँपालिका कृषि शाखाका प्रमुख गोविन्द घिमिरेले बताए । उनले यसका लागि चालू आर्थिक वर्षमा रु १९ लाख बजेट विनियोजन गरेको जानकारी दिए। गाउँपालिकाले प्रतिकिसान रु ३८ हजार आठ सय मूल्य बराबरको हाते ट्रयाक्टर ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो । 

गाउँपालिकाका अध्यक्ष छुपीमाया गुरुङले ट्रयाक्टरको प्रयोगबाट  किसानलाई सहज हुने बताउँदै कृषिमा आधुनिकीरण र व्यवसायीकरण गरी उत्पादन वृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । पछिल्लो समय युवा पुस्ता कामको सिलसिलामा बाहिरिएको र गोरुसमेत पाउन गाह्रो भएको अवस्थामा आधुनिक हाते ट्र्याक्टर पाएसँगै किसानले समयको समेत सदुपयोग हुने भन्दै खुशी व्यक्त गरेका छन् ।

विहीबार, १२ चैत्र २०७७, १४ : ०६

प्रतिक्रिया