अभिनेता आर माधवनलाई कोरोना संक्रमण ,थ्री इडियट्सको फोटो सेयर गर्दै भने ‘रेन्चो भाइरसले समात्यो’ !

विहीबार, १२ चैत्र २०७७, १८ : ३८

बलिउड अभिनेता आर माधवनलाई पनि कोरोना संक्रमण भएको छ । माधवनले माइक्रोब्लगिङ साइट ट्वीटरमा ट्वीट गरेर आफ्नो स्वास्थ्यबारे जानकारी दिएका हुन् । नायकले सन् २००९ मा रिलिज भएको फिल्म थ्री इडियट्ससँग आफ्नो कुरा जोड्दै सबै कुरा ठिक भएको र आफू तीब्र गतिमा यो रोगबाट निको भइरहेको बताएका छन् ।

आर माधवनले फिल्म थ्री इडियट्सको पोस्टरबाट आफ्नो र आमिर खानको तस्बिर साझा गर्दै लेखेका छन्, ‘फरहानले र्यान्चोलाई फलो गर्नुपर्ने थियो र भाइरसले सधैं उनलाई फलो गरिरहेको थियो । यद्यपि, यसपटक उसले उनलाई समातिहाल्यो । तर अल इज वेल र कोभिड पनि चाँडै नै इनारमा जानेछ । यद्यपि, यहाँ हामी राजूको प्रवेश होस् भन्ने चाहँदैनौं । धन्यवाद तपाईंको प्रेमका लागि । म तीब्र गतिमा निको भइरहेको छु ।’

स्मरण रहोस्, फिल्म थ्री इडियट्समा आमिर खानले रेन्चोको भूमिका निभाएका थिए र आर माधवन फरहानको भूमिकामा थिए । शरमन जोशीले यो फिल्ममा राजू रस्तोगीको भूमिका निभाएका थिए र बोमन ईरानीले फिल्ममा कलेजका डीन वीर सहस्त्रबुद्धि ९भाइरस० को भूमिका निभाएका थिए । फिल्मका पात्रलाई जोड्दै आर माधवनले ट्वीटमा आफ्नो कुरा बताएका हुन् । स्मरण रहोस्, थ्री इडियट्स निकै हिट भएको थियो ।

विहीबार, १२ चैत्र २०७७, १८ : ३८

प्रतिक्रिया