बहराइनको एक कम्पनीले माग्यो नेपाली कामदार, तलब कति ?

शुक्रबार, १३ चैत्र २०७७, ०९ : ४७

काठमाडौं - बहराइनको मनमा सहरमा रहेको एराइभ फ्याक्टरी फर इन्डष्ट्रि कम्पनीले नेपाली कामदारको माग गरेको छ । कम्पनीले लेबर कामका लागि ५ जना नेपाली पुरुष कामदारको माग गरेको हो । 

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित २५ हजार माथि देखि २८ हजार माथि सम्म पाउने छन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

जान चाहने इच्छुक कामदारले एसिया पावर रिक्रुटमेन्ट कन्सलटेन्सी प्रालिको कार्यालय बसुन्धारा काठमाडौंमा चैत्र २० गने अन्तरवार्ता दिनु पर्ने छ । साथै पोखराको जनप्रिय थकाली भान्सा घरमा पनि अन्तरवार्ता दिन सकिने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

शुक्रबार, १३ चैत्र २०७७, ०९ : ४७

प्रतिक्रिया