काठमाडौं – कोरोना कहरका बीच पनि चालु आर्थिक बर्षको फागुन महिनामा मात्र १९ हजार ८०८ जना नेपाली बैदेशिक रोजगारीमा गएका छन् । पुनः श्रम स्वीकृती लिएका, नयाँ श्रम स्वीकृति लिएका लगायत गरेर फागुनमा यतिका कामदार बैदेशिक रोजगारमा गएका हुन् ।
त्यसमध्ये १८ हजार ४३६ जना पुरुष १३७२ जना महिला कामदार रहेका छन् । बैदेशिक रोजगार बिभागको फागुन महिनाको तथ्यांकले यस्तो देखाएको हो ।
फागुनमा विदेशीएका कुल नेपाली कामदार मध्ये ९ हजार १४६ जनाले नयाँ श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा गएका छन् ।
एक बर्ष अघिदेखि सुरु भएको कोरोना कहरका कारण बैदेशिक रोजगारीमा जानेको सख्या ह्वात्तै घटेको थियो । गत बर्षको फागुन चौथो हप्तादेखि गत साउनसम्म सरकारले बैदेशिक रोजगारीमा जान रोक पनि लगाएको थियो । तर, पछि बैदेशिक रोजगारी खुल्न थालेपछि नेपालीहरु विस्तारै विदेशीन थालेका छन् ।
फागुनमा नेपालीहरु बिभिन्न ६५ मुलुकमा बैदेशिक रोजगारीका लागि गएका छन् ।
फागुनमा सबैभन्दा धेरै कामदार कतारमा गएका छन् । उक्त मुलुकमा मात्र यस अवधीमा ७ हजार ४७३ जना नेपाली रोजगारीका लागि गएका छन् । यस्तै, दोस्रो नम्बरमा युएई रहेको छ, उक्त मुलुकमा ५ हजार २२६ जना नेपाली गएका छन् । यसैगरि साउँदी अवरमा ३ हजार ९६५ जना नेपाली गएका छन् ।
यसका अलावा नेपालीहरु कुवेत, प्रान्स, जर्मन, कोरिया, साइप्रस, घाना, बहराइन, अफगानिस्तान लगायतका मुलुकमा रोजगारीका लागि गएका छन् ।
प्रतिक्रिया